नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी वामदेव गौतमलाई पार्टी एक ढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् । गौतमले नेकपादेखि एमालेसम्म पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गर्दै ओलीले उहाँसम्म आइपुग्दा सबैले एकता कसले नचाहेको हो भन्ने स्पष्ट भएको बताए ।
यो कुरा वामदेव गौतमले राम्ररी बुझेको जिकिर गर्दै ओलीले भने, ‘नेकपा देखि एमालेसम्म तपाईं एकता एकता भन्दै हिँड्नु भएको छ। एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि ! अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ ? अब एकता एकता भनेर पछि नलागे हुन्छ उहाँहरु (खनाल–नेपाल समूह) एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ त्यसतर्फ लागौं ।’
ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही हुने पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।