नेपाली कांग्रेसका नेता बालकृष्ण खाडले आज अदालतबाट पुनर्स्थापीत चौथो संसदको बैठकमा बोल्दै स्व.पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले देखेको मेलम्चीको पानि ल्याएर काठमाण्डौका जनतालाई उपभोग गराउछु भन्दै गर्दा टुडिखेलमा हासेर उडाउने हरुले, हामिले पानि ल्यायौ भन्दा जनताले पत्याईदिनु पर्ने भन्दै प्रश्न गरेका छन ।
खाडले भनेका छन,मेलम्चीको पानी आउने भयो, सरकारलाई धन्यवाद । मेलम्चीको सपना सन्तनेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको हो ।
त्यो मेलम्चीको पानी आउने भयो, काकाकुल जनतालाई राम्रो अवस्थामा लैजाने भइयो । सबैलाई धन्यवाद । तर कृष्णप्रसाद भट्टराईको नाम एकपटक लिन पनि कन्जुस्याईं ? मेलम्चीमा गए पनि भट्टराईजीको नाम छैन, सुन्दरीजलमा गए पनि भट्टराईजीको नाम छैन ।
संसदको रोष्टममा फर्किएर आयो, भट्टराईको नाम छैन । मेलम्चीको पानीभन्दा जसले टुँडिखेलमा हाँसेर भाषण गर्थे, उनीहरुले हामीले ल्यायौंभन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् भन्दै कडा टिप्पणी गरेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।