बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

युवा उद्यमी भानुभक्त ढुंगानालाई ‘राष्ट्रिय उद्यमी सम्मान’


  • शुक्रबार, चैत्र ६ २०७७
12.5K
SHARES

फाईल तस्बिर

युवा उद्यमी भानुभक्त ढुंगाना ‘राष्ट्रिय उद्यमी सम्मान २०२१’ बाट सम्मानित भएका छन् ।

रशियन कल्चर सेन्टरमा भएको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ कार्यक्रममा ढुंगानालाईं राष्ट्रिय उद्यमी सम्मानबाट सम्मानित गरिएको हो ।

लामो समयदेखि कस्मेटिक उद्योगको स्थापना गर्दै आएका ढुंगानालाईं कोभिड –१९ तथा लकडाउनले सुस्ताएको उद्योग क्षेत्रलाई पुनः चलायमान बनाउन र यससंँग अवद्ध रहेका व्यक्ति हौसला प्रदान गर्न योगदान पुर्याए बापत उक्त सम्मान गरिएको आयोजकले जनाएको छ ।

मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, पर्यटन र कस्मेटिक क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरू पुरस्कृत एवं सम्मानित भएका थिए ।

कस्मेटिक क्षेत्रका पुरुषतर्फ ढुंगाना उष्कृष्ठ ठहरिएका हुन् । नेपाली भूमिकै उत्पादनलाई स्थापित गर्न सफल उनि परेली ग्रुपका निर्देशक हुन् । परेली ग्रुपको परेली अलकेयर ब्राण्ड बजारमा चर्चित ब्राण्ड हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा