परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पद पाए अग्रगमन भयो भन्ने नपाए प्रतिगमन भयो भन्दै हिड्ने भन्दै प्रश्न गरेका छन ।
रराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सर्वोच्च अदालतको फैसलापछि दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता रहेकाले त्यसमा सरकारले सकारात्मक भूमिका खेल्ने समेत बताएका छन ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दलहरूको बीचमा नयाँ ढंगको समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहने र रचनात्मक भूमिका खेल्ने बताएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतले हामीलाई पाँच वर्षको कार्यकाल सामान्यत खण्डित हुँदैन । तिमीले राजनीतिक स्थिरता त्यहीँ भित्रबाट खोज भनेर आदेश दिएको सन्दर्भमा दलहरुको बीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘त्यो समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहन्छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन हुने र पदमा पुग्न पुग्दा अग्रगमन हुने भन्दै असन्तुष्ट पक्षप्रति आक्रोश पनि पोखे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।