पुर्ब भोजपुुर जिल्ला अबस्थित अरुण गाउपालीकामा गएको स्थानिय निर्बाचन पस्चात बिकास निर्माणले गति लिए संगै, अध्यक्ष गजेनद्र बहादुर कार्किले जिल्लाकै बिकस निर्माण कार्यमा नमुना गाउपालीका बनाउने अठोट रहेको बताएका छन ।
प्रदेश न। १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । अरुण गाउपालीकामा जम्मा ७ वटा वडा छन् ।
जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
यो गाउपालीका कृषीको संभाबना बोकेको सुन्दर पाहाडि भुबाग हो । अहिले गाउपालीको नेत्रीत्व गजेन्द्र बहादुर कार्किले गरिरहेका छन । गत स्थानिय निर्बाचनमा कार्कि कांग्रेसको तर्फबाट गाउपालीका अध्यक्षमा बिजई भएका थिए । कार्कि अनुभबि र कांग्रेसको राजनितिमा खारिएका नेताको रुपमा चिनिन्छन ।
भोजपुर जिल्ला को पुर्वी भागमा रहेको १५४।७६ वर्ग किमी क्षेत्रफलमा फैलिएको अरुण गाउँपालिका अन्तरगत १७६८७ जनसख्या रहेको छ । यस गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो पहाड रहेको छ ।
बिगतमा बिकास निर्माणका कार्य सुस्त रहेको गाउपालीका अहिले स्थानिय निकायको चुनाब भई सकेपछि बिकास निर्माणका कार्यहरुले गति लिएको र आगामि दिनमा बिकास निर्माणका कार्यको हिसाबले नमुना गाउपालीका निर्माण गर्ने लक्ष्य रहेको गउपालीका अध्यक्षको भनाई छ ।

तस्बिर: तिलक पुलामि प्याउली