बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ : बाबुराम


  • शुक्रबार, चैत्र ६ २०७७
13.8K
SHARES

फाईल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्न सक्ने भन्दै सामाजीक संजालमा आफ्नो धारण राखेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत माक्र्सको दर्शनअनुसार पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका हुन ।

डा. भट्टराईले विशेष गरी सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा विभाजन गरिदिएको तर्फ इंगित गर्दै यसलाई अवसरको रुपमा लिँदै नयाँ समाजवादी शक्ति निर्माण लाग्न सुझाव दिए ।

नेकपाबाट छुट्टिएपछि माओवादी केन्द्र र एमालेभित्र पनि आन्तरिक संघर्ष जारी रहेकाले अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने तर्फ उनको बिचार केन्द्रीत देखिन्छ । ।

उहाँले फेरि पनि फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै कम्युनिस्ट नेताहरुलाई सुझाव दिएका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा