शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई दिने भयो ८ अर्ब ७० करोड ऋण


  • शुक्रबार, चैत्र ६ २०७७
10K
SHARES

फाईल तस्बिर

कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा