बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीले एमालेमा गुट चलाएको प्रचण्डको आरोप


  • बिहिबार, चैत्र ५ २०७७
11.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले एमालेमा गुट चलाएको आरोप लगाएका छन ।

सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नयाँ सरकार गठनका विषयमा दलहरूबीच छलफल भइरहेको र सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने समेत बताएका छन ।

उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा भने टुंगो लागिनसकेको जानकारी दिए । नयाँ सरकार गठनका लागि छलफल भइरहे पनि आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको दोहो¥याए ।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बताउँदै प्रचण्डले निष्कर्षमा भने पुग्न बाँकी रहेको बताए ।

‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो । उनले भने अब पनि सहकार्य हुन सक्छ ।’

एमालेभित्रको विवादबारे चर्चा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कपी शर्मा ओलीले गुट चलाएको आरोप लगाए । एमालेको नेतृत्व नगरेर ओलीले गुट चलाएको प्रचण्डको भनाइ थियो । सर्वोच्चको फैसलापछि ओली र माधवकुमार नेपाल एमाले बने पनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा