नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदियो,’ उहाँले भन्नुभयो, ‘हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हानेको जस्तो भाछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।