बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

निदाए जस्तो देखिएको नेविसंघ बिउजिएको चेस्टा, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग


  • बिहिबार, चैत्र ५ २०७७
14.1K
SHARES

फाईल तस्बिर

पछिल्लो समय मौन जस्तै देखिएको नेपाली काँग्रेसको भात्तृसंगठन नेपाल बिद्यार्थि संघ बोेलेको छ ।
नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकार समक्ष माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन्।

कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
नेविसङ्घले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ।

अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा