बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

केपी ओलीले जनप्रतिनिधिको संस्थामाथि नै बम हाने : प्रचण्ड


  • बिहिबार, चैत्र ५ २०७७
8.6K
SHARES

फाईल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले  केपी ओलीले जनप्रतिनिधिको संस्थामाथि नै बम हान्ने दुस्साहास गरेको टिप्पणी गरेका छन ।

बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संग्क्षिप्त अन्तर्क्रियामा दाहाललेल प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।

‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदियो,’ उहाँले भन्नुभयो, ‘हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हानेको जस्तो भाछ ।

अध्यक्ष दाहालले अहिलेको अवस्थालाई जनयुद्धसँग पनि जोड्नुभयो । पहिला जनयुद्धमा एउटा मोर्चा जित्यो भने साथीहरु खुसी भएर नाचगान गर्दै हिँडेको बेला दुस्मनले घेरा हालेर फेरि नराम्रो क्षति हुन्थ्यो, उहाँले भन्नुभयो, ‘हारेपछि फेरि राम्ररी सोचेपछि फेरि जितिन्थ्यो ।

अध्यक्ष दाहालले नेकपा हुँदा पार्टीभित्रै संघर्ष गरेर आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेज लामो दस्तावेजको बम हानेको बताउनुभयो । उक्त बम हानेपछि लडाईं सुरु भएको बताउँदै उहाँले अहिले महामारी चलिरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले १९ पृष्ठ लामो दस्तावेजको बम हानेको थिएँ, उन(केपी) ले जनप्रतिनिधिको संस्थामाथि नै बम हाने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा