शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बार्सिलोनामा मेस्सीको भविष्यबारे रिभाल्डोको खास खुलासा


  • बिहिबार, चैत्र ५ २०७७
24.1K
SHARES

फाइल तस्बिर

स्पेनिस फुटबल क्लब बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले बार्सिलोनाका कप्तान लिओनल मेस्सीको भविष्य स्पेनमा के हुन्छ भन्ने विषयमा महत्त्वपूर्ण कुरा बताएका छन् । ‘मार्का’सँगको ताजा कुराकानीक्रममा उनले क्याम्प नोउमा पछिल्लो समय बदलिँदो परिस्थितिबीच मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने वातावरण बन्दै गएको दाबी गरेका छन् । रिभाल्डोका अनुसार बार्सिलोना च्याम्पियन्स लिगबाट आउट भएपनि ला लिगा जित्न सके मेस्सीले बार्सिलोना नछाड्नका लागि एक आधार हुने बताएका छन् ।

च्याम्पियन्स लिगबाट आउट हुँदा मेस्सी निराश रहे पनि सिजनका बाँकी दुई प्रतियोगिता जित्नका लागि मेस्सीले अहिले साँच्चै एकाग्र भएर लाग्नु र क्लबमा राम्रो वातावरण बन्दै जानुले मेस्सी बिस्तारै बार्सिलोनामा खुसी हुन थालेका छन् भनेर बुझ्न सकिने दाबी गरेका छन् । तर, अहिले उनमा धेरै परिवर्तन देखिँदै गएको छ । उनी खुसी छन् र पहिलाको भन्दा जागरुक पनि छन्, रिभाल्डोले भनेका छन्, ‘बार्सिलोना च्याम्पियन्स लिगबाट आउट हुँदा मेस्सी निराश छन् । तर, उनी अझै पनि बाँकी दुई प्रतियोगिता जित्न सकिन्छ भन्नेमा देखिएका छन् । मलाई लाग्छ, बार्सिलोनाले ला लिगा जित्न सक्यो भने मेस्सी यहीं रहने एक बलियो आधार बन्छ ।

रिभाल्डोका अनुसार क्लबको नेतृत्वमा आएको परिवर्तनबाट पनि मेस्सीले आफूलाई राम्रो अनुभव गर्दै गएको बताएका छन् । जोन लापोर्टासँग मेस्सीको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । मलाई थाहा छ, लापोर्टाले मेस्सीलाई जान नदिन सबैथोक गर्नेवाला छन् । यदि क्लबले राम्रो खेल योजना ल्यायो र मेस्सीलाई विश्वास दिलाउन सक्यो भने त्यहाँ नयाँ सम्झौता हुनेछ । यसका लागि यो सिजन बार्सिलोनाले उपाधि जित्दा वा नजित्दाले केही फरक पार्दैन ।

मेस्सीलाई क्लबमै राख्न बार्सिलोनाले ठूला उपाधि जित्न सक्ने वातावरण बनाउनुपर्ने रिभाल्डोले बताएका छन् । बाार्सिलोनामा मेस्सी पूर्वअध्यक्षको खराब सम्बन्धका कारण भन्दा पनि ठूला उपाधिमा लगातारको असफलताका कारण ज्यादा निराश रहेको रिभाल्डो बताउँछन् । ‘पहिलाको बोर्डसँग सम्बन्ध राम्रो बन्न नसक्नु नै मेस्सीले क्लब छाड्नुपर्ने मुख्य कारण होइन । मुख्य कुरा त बार्सिलोना लगातार च्याम्पियन्स लिगमा असफलत हुनु हो । यदि अहिले पनि बार्सिलोना ठूला उपाधि जित्न सक्ने अवस्थामा उभिन्छ भने मेस्सीलाई यहाँ रहन केही समस्या छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा