बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

लालबाबु पण्डित बालुवाटार बैठकमा


  • बिहिबार, चैत्र ५ २०७७
9.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै  आएका थिए ।

बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठक स्रोतका अनुसार तुलसा थापा पनि दलको बैठकमा पुगेकी छन् । वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी थापा दलको बैठकमा पुगेकी हुन् ।

गौतम पत्‍नी थापा एमालेका समानुपातिक सांसद हुन् । ओली र नेपाल समूहतर्फ बराबर भाग लिदै आएका अन्य सांसदहरु पनि बालुवाटार पुगेका छन् । यस्तै नन्दा चपाइँ, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम र विष्णु शर्मा बालुवाटार बैठक उपस्थित छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा