स्पेनको शीर्ष दुई डिभिजनका लिगमा अप्रिलको अन्त्यतिरदेखि रङ्गशालामा दर्शकलाई अनुमति दिइने भएको छ । लालिगाका अध्यक्ष जाभियर टेबासले आगामी अप्रिल महिनाको अन्त्यदेखि ला लिगाका दुवै डिभिजनमा दर्शकलाई अनुमति दिने बताएका हुन् ।
कोरोना भाइरस महामारीका कारण हाल युरोपका फुटबल लिगहरू दर्शकविनाको रङ्गशालामा खेलाइँदैछ । तर, अब ला लिगाले भने दर्शकलाई रङ्गशालामा अनुमति दिने तयारी थालेको टेबास बताउँछन् ।
यदि कोरोना महामारीको अवस्था सुधार आएको खण्डमा दर्शकहरू यसै सिजनको अन्त्यतिर रङ्गशाला आउन पाउनेछन् । अप्रिल महिनाको अन्त्यतिर दर्शकले अनुमति पाउनेछन् ।
टेबासले राष्ट्रिय खेलकुद परिषद्सँग दर्शकलाई रङ्गशाला प्रवेश गर्न दिनेगरी काम भइरहेको बताए । तथापि यी सबै कुराका लागि स्पेनिस सरकारले अनुमति दिनुपर्ने उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।