बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै


  • बिहिबार, चैत्र ५ २०७७
13.4K
SHARES

फाईल तस्बिर

निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य २०७७ चैत्र ५ गतेबाट पुन सञ्चालन गर्ने जनाएको हो ।

निर्वाचन आयोगका अनुसार  २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा