शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस नेता अशोक कोइरालाको निधन, देउवाले भने- असल मित्र गुमाएँ


  • बिहिबार, चैत्र ५ २०७७
13.7K
SHARES

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ।

प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए। ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

पार्टी सचिव मोदराज घिमिरेका अनुसार बुधबार बिहान कोइरालालाई अस्पताल भर्ना गरिएको थियो। निमोनियासमेत देखिएका उनी अचेत थिए।

२०४९ मा विराटनगरको मेयर बनेका कोइराला तत्कालीन संविधानसभा सदस्य पनि हुन्।

कांग्रेस मोरङको सभापतिसमेत भइसकेका कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन्।

उनको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।

‘मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका सधैँ प्रशंसनिय छ,’ देउवाले भनेका छन्।

कोइरालाको निधनले कांग्रेसले एउटा असल नेता गुमाएको देउवाको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा