बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

मनपरीतन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्ने ? : रामचन्द्र पौडेल


  • बुधबार, चैत्र ४ २०७७
12.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मनपरीतन्त्र चलाउन पाइनँ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका कुरा गरिरहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बोलाएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले नयाँ जनादेशको कुरा उठान गर्दा आफूले प्रतिवाद गरेको पौडेल बताउँछन्।

नयाँ जनादेशमा जानुपर्ने प्रधानमन्त्री ओलीको कुरामा राष्ट्रपतिले समेत समर्थन जनाएको पौडेलको भनाइ छ।

‘हिजो मात्रै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनादेशको कुरा गर्नुभयो। मैले त्यहीँ सोधेँ- नयाँ जनादेश आएपछि अहिलेको जस्तो उपद्रो हुँदैन भन्ने के ग्यारेन्टी छ? आज बाँकेमा आयोजित कार्यक्रममा पौडेलले भने।

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गर्दै व्यवस्था नै फाल्न खोजेको आरोप उनको छ। पार्टीभित्र कुरा नमिल्दा ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि प्रहार गरेको उनको भनाइ थियो।

उनले आफूले सत्ताभन्दा पनि व्यवस्था महत्वपूर्ण भएको बताइरहेको पनि उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा