बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ओलीलाई नेपालको प्रश्न- जबज खुसुक्क हटाएर मदन भण्डारीको विरासत थामेको भन्ने?


  • बुधबार, चैत्र ४ २०७७
18.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीमा म नै राष्ट्र हुँ भन्ने प्रवृत्ति रहेको बताएका छन्।

ओलीमा आफूलाई केन्द्रविन्दूमा राख्ने व्यक्तिवादी र तानाशाही प्रवृत्ति रहेको उनको भनाइ छ।

बुधबार सानेपामा आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले भने, ‘उहाँमा म नै राष्ट्र भन्ने प्रवृत्ति छ। त्यो आफूलाई केन्द्रविन्दूमा राख्ने प्रवृत्ति हो। उहाँलाई इमान्दार कार्यकर्ता चाहिँदैन।

ओलीले नै जबज सध्याउने काम गरेको आरोप उनको थियो।

‘जबज सिध्याउने काम तपाईंले गर्नुभयो। जबजबारे अडान लिनुभएन, खुसुक्क हटाउनुभयो। आज आएर मदन भण्डारीको विरासत हामीले थामेको भनेर नक्कली कुरा गर्नुहुन्छ?,’ उनले भने, ‘यस्ता भ्रममा कोही नपर्नुहोला।’

ओलीले जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाएको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा