बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

उपराष्ट्रपति पुनले लगाए कोरोना खोप


  • बुधबार, चैत्र ४ २०७७
10K
SHARES

फाईल तस्बिर

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे । सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा