शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सन्यास लिएको पाँच वर्षपछि इब्राहिमोभिच स्वीडेनको राष्ट्रिय टिममा फर्किए


  • बुधबार, चैत्र ४ २०७७
13.4K
SHARES

फाइल तस्बिर

काठमाडौं ।ज्लाटन इब्राहिमोभिच पाँच वर्षपछि स्वीडेनको राष्ट्रिय टिममा फर्केका छन् । विश्वकप छनोटका लागि मंगलबार घोषणा गरिएको स्वीडेनको टिममा इब्राहिमोभिचले पनि स्थान बनाएका छन् ।

उनी पाँच वर्षपछि राष्ट्रिय टिममा परेका हुन् । सन् २०१६ को युरोबाट बाहिरिएपछि इब्राहिमोभिचले सन्यास लिएका थिए । सन्यासको निर्णयलाई परिवर्तन गर्दै इब्राहिमोभिच फेर राष्ट्रिय टिममा फर्केका हुन् । उनले सन् २०२० मा आफू राष्ट्रिय टिममा फर्कन सक्ने संकेत गरेका थिए । त्यसपछि स्वीडेनका प्रशिक्षक जाने एण्डरसन इब्राहिमोभिचलाई भेट्न मिलान पुगेका थिए ।
२०१६ मा सन्यास लिनुअघि उनले ११६ खेल खेल्दै ६२ गोल गरेका थिए ।

यस सिजन उनले सिरी एमा १४ खेल खेल्दै १४ गोल गरेका छन् ।२०२२ को विशवकप छनोट अन्तर्गत स्वीडेनले बिहीबार जर्जियासंग खेल्दैछ भने त्यसको तीन दिनपछि कोसोभोसंग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा