बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

शीतल निवासको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको संकेत: फेरि संसद विघटन हुनसक्छ


  • मंगलबार, चैत्र ३ २०७७
7.3K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर के भयो भनी प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले रातोपाटीसँग भने–‘प्रधानमन्त्रीले फेरि ताजा जनादेशमा जानुपर्ने जस्तो कुरा निकाले  । चुनाव चुनाव मात्रै भनेर त्यो मात्रै समस्याको समाधान हो ? त्यत्रो संघर्षबाट बनेको संविधान सहमति किन तोडियो ? चुनाव भएपछि के कुरा पहिला समाधान हुन्छ त ? हामीले फेरि चुनावपछि पनि यस्तै अवस्था आयो भने के गर्ने भन्यौँ ।’

प्रधानमन्त्रीले मैले विघटन गरेको संसद अदालतले फर्काइदियो तर संसद चलिरहेको छैन, यो संसदको प्रभावकारिता छैन भन्ने गैरजिम्मेवार कुरा गरेको नेता पौडेलले बताए ।   प्रधानमन्त्रीले संसद पुनःस्थापना भएपछि झन् अस्थिरता निम्तिएको र संसद राम्रोसँग चल्ने अवस्था नरहेको बताएका थिए । छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री स्वयम् संसदीय दलको नेता भएकोले सदन चलाउन खै पहल गरेको भन्ने कुरा राखेको नेता पौडेलले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा