शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीलाई योगेसको कटाक्ष, धम्कीको भाषा नबोल्नुहोस्, हामी एक पछि अर्को कारबाही खान लामबद्द छौं


  • मंगलबार, चैत्र ३ २०७७
11.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई बारूदको गन्ध नफैलाउन चेतावनी दिएका छन्।

बुधबार र बिहिबार हुने कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले पार्टी फूटतर्फ लगेको भन्दै धम्की र बारूदको गन्ध नफैलाउन चेतावनी दिएका हुन्।

अझै प्रधानमन्त्रीको कार्यकाल दुई वर्ष बाँकी रहेकाले ढुक्क भएर पदावधि सकाउने हो भने फूटपरस्त गतिविधि बन्द गर्न आग्रह गर्दै कारबाहीको धम्की दिएर बारुदको गन्ध नफैलाउन आग्रह गरेका हुन्।

‘हामी एकपछि अर्को कारबाहीका लागि तयार छौं’, भट्टराईले ओलीलाई भने, ‘तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि लामबद्ध छौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा