नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्। महामन्त्री शशांक कोइराला निवासबाट आफूले हालै सभापति देउवालाई फोन गरी माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन भने पनि देउवाले उदासिनता देखाएको पौडेलको भनाइ छ।
पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद-मायादेवी शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ।’
उनले पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने पनि बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।