३ चैत काठमाडौं । डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।
वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १-० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त बनेको हो ।जितपछि २९ खेलबाट ४६ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ । एभरटन समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो ।
यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।