सिगास गाउँ पालिका बैतडी जिल्लाकै निकै दुर्गम अनि बिकट गाउ पालिकाको रुपमा चिनिन्छ ।
जहाँ बिकासका पुर्वाधार जोड्न निकै अप्ठ्यारो छ तर गा पा का अध्यक्ष हरि सिंह धामी ले बिबिध कठिनाइका बाबजुत पनि सिगास गा पा को बिकासका लागि आफु अहोरात्र खट्ने बताएका छन ।
आफ्नो कार्यकालमा बिकास निर्माणमा सिगास गाउपालीकाले ऐतिहासिक फट्को मार्न सफल भएको उनको जिकिर छ ।
ढुङ्गाड गर्जे सडक खण्ड गा पा को केन्द्र बाट झण्डै १ कि मि मात्रै टाढा निर्माण कार्य जारी रहेको बताउदै अध्यक्षले, भौतिक संरचनाको कार्य करिब करिब सम्पन्न उन्मुख रहेको, केही बनिसकेका र केही निर्माणाधीन चरणमा रहेको अध्यक्षको भनाई छ ।
तिन तले प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको बताउदै प्रहरी चौकी को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन । सबै वडामा बिद्दुतिकरण बिद्दुत लाइन विस्तार पावरहाउस निर्माण कार्य सम्पन्न र एक नम्बर वडामा बिद्दुत सञ्चालनमा आएको बताएका छन ।
वडा नँ ७ बाहेक सबै वडामा सडक सञ्जाल बिस्तार गरेको बताउदै माध्यामि तथा आधारभुत तहका बिद्यालय हरुमा अनुदानमा सौर्य उर्जा बितरण गरेको गापा अध्यक्षको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।