शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बुर्कामाथि प्रतिबन्ध लगाउँदै श्रीलंका, हजारभन्दा धेरै इस्लामिक स्कुल बन्द


  • आइतबार, चैत्र १ २०७७
7.8K
SHARES

फाईल तस्बिर

श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।

यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् । अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिटै नै कार्यान्वयनमा आउने बताएका छन् ।

सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । यो नियम पारित गर्न अब संसद्ले यसलाई स्वीकृति दिनु जरुरी हुन्छ । श्रीलंकामा इस्टरको दिनमा विभिन्न चर्चमा भएको करिब दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय गरेको हो ।

सन् २०१९ को अपि्रलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाती आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

श्रीलंकाले बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा