नेकपा एमालेका उपाध्यक्ष भीम रावल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक चलिरहेका बेला शनिबार पेरिसडाँडा पुगे। नेता रावल माओवादीको बैठकमा सहभागी हुन पुगेपछि विभिन्न कोणबाट टिकाटिप्पणी भयो।
उपाध्यक्ष रावलले आफूले राजनीतिक बिषयमा छलफल गर्नका लागि पेरिसडाँडा पुगेको स्पष्टीकरण दिएका छन्।
एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष रावलले भने, ‘म पेरिसडाँडा किन नजाने? एक सशक्त पार्टी माओवादी केन्द्रसँग कुराकानी गर्न जान नहुने? केपी शर्मा ओलीले चाहिँ बालुवाटारमा गुटबन्दी गरेर आफ्नो मान्छे राखिराख्ने? अनि हामीले चाहिँ किन कुरा गर्याे? किन गयो भनेर प्रश्न गर्ने?’ भन्दै टिप्पणी गरेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।