बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

आज – चैत्र ०१, २०७७ आइतवार को राशिफल


  • आइतबार, चैत्र १ २०७७
11.7K
SHARES

फाईल तस्बिर

तपाईलाई हामी आजको राशिफल प्रस्तुत गर्दै छौ । रशिले जे-जस्तो भने पनि आजको दिन तपाईको शुभ रहोस ।

मेष
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कतै घुम्न पनि पाईनेछ ।

कर्कट
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

सिंह
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ ।

कन्या
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

तुला
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक
रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । आफन्तसङ्ग भेटघाट र सफल यात्राको योग छ ।

धनु
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

कुम्भ
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य र प्रेम सम्बन्ध सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

मीन
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा