शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु


  • शनिबार, फाल्गुन २९ २०७७
17.6K
SHARES

फाईल तस्बिर

२९ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रिबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा