शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खनाल-नेपाल समूहले ओलीको एकलौटी निर्णयको देशव्यापी विरोध गर्ने


  • शनिबार, फाल्गुन २९ २०७७
17.6K
SHARES

तस्विरः फाइल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

सो समूहले हिजै स्थायी कमिटीको बैठक बोलाएर आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएको हो । खनाल–नेपाल समूहले ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

हिजोको भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ । भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा