शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एडभान्स चामुण्डा ईन्टिच्युटले गणित शिक्षकका लागि निःशुल्क तालिम प्रदान गर्ने


  • शुक्रबार, फाल्गुन २८ २०७७
18.8K
SHARES

काठमाडौँ ।
काठमाण्डौं जोरपाटीको एडभान्स चामुण्डा ईन्टिच्युटले गणित अध्यापन गराउने शिक्षकका लागि निशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
शनिबार चाबहिल स्थित विनायक सिद्ध कलेज (भिएस कलेज) मा एक दिने तालिम आयोजना गर्न लागेको हो ।
तालिममा नेपालका ख्यातीप्राप्त गणित विषयका प्रशिक्षकहरु रहने इन्सिच्युटका सञ्चालक दिपक रायमाझीले बताए । ‘तालिम निशुल्क हुनेछ । सहभागीहरुलाई प्रमाणपत्रको व्यवस्था पनि गरेका छौँ’ उनले भने ।
काठमाण्डौका पुर्वी भेगमा अवस्थित विद्यालयमा कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको हो ।
एडभान्स चामुण्डा ईन्टिच्युटले हरेक बर्ष एसईई दिने विद्यार्थीहरुका लागि प्रतियोगी परिक्षा समेत सञ्चालन गर्दै आएको छ ।
तालिम भिएस कलेजको हलमा अपरान्ह १ः३० बजेदेखिसञ्चालन हुने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा