बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

के-के हुन कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु


  • शुक्रबार, फाल्गुन २८ २०७७
15.7K
SHARES

फाईल तस्बिर

कोभिड १९ विरुद्ध खोपलगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन।

हालसम्म २ हजार १ सय ६७ जनालाई सामान्य प्रकारको असरहरु देखिएका छन्। ९ जनालाई उच्च ज्वरो देखिएको थियो। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु

– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
– थकाई र आलस्य महसुस हुने
– ज्वरो आउने तथा टाउको दुख्ने
– वाकवाकी हुने, वान्ता आउने
– माशंपेशी वा जोर्नी दुख्ने
– फ्लुको जस्तो लक्षण देखिने

यस किसिमको सामान्य असरहरुले खोप लिने व्यक्तिहरुको स्वास्थ्यमा गम्भिर असर नपर्ने मन्त्रालयले जनाएको छ। यी असरहरु विस्तारै आफैँ कम भएर जान्छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा