तपाईलाई आजको रशिफल प्रस्तुत गर्दै छौ । राशिले जे जस्तो भने पनि तपाईको दिन शुभ रहोस ।
मेष: आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
बृष: आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन: नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
कर्कट: आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्सक्छ ।
सिंह: आज आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र र अलंकारको प्राप्ति पनि हुनसक्छ ।
कन्या: आज परिवारबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
तुला: आज मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।
बृश्चिक: प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
धनु: आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।
कुम्भ: लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।
मकर: नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मीन: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर वैदेशिक, राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।