बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

जाम्बियाको वाणिज्य दूतको जिम्मा देश बन्धु बस्नेतलाई


  • बिहिबार, फाल्गुन २७ २०७७
16.2K
SHARES

फाईल तस्बिर

अफ्रिकी मुलुक जाम्बियाले नेपालमा पनि आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ ।

जाम्बिया सरकारले नेपालका तर्फबाट पहिलो वाणिज्यदूतको रुपमा व्यवसायी देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ ।

वाणिज्यदूतमा नियुक्त भएका बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवम् महासंघको द्विराष्ट्रिय तथा एनराएन फोरमका सभापति समेत हुन्

यसै अवसरमा जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ के.के. क्याङगोमा कपीजिंगपाङ्गाले वाणिज्यदूत बस्नेतलाई वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटलहेड, स्ट्याम्प लगायत कार्यालय संचालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन् ।

नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगअन्र्तगत व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाईने उल्लेख छ ।

नेपालमा स्थापना भएको उक्त वाणिज्य दूतावासको माध्यमबाट दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा