शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नया मान्छे प्रधानमन्त्री बनाउने बिषयमा छलफल भएको छैन : भिम रावल


  • बिहिबार, फाल्गुन २७ २०७७
23.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल नभएको बताएका छन् ।

आज नेकपा एमाले माधव नेपाल झलनाथ खनाल पक्षको अनौपचारिक भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका बारेमा कुराकानी नभएको बताए ।

उनले आफूहरुको भेला गुटगत नभएको दाबी गरे । आजको भेलालाई उनले नीतिगत छलफलका लागि भेटघाट गरेको बताए ।

उनले भने, ‘हामीले केही नीतिगत छलफल गरेका छौँ । अर्को प्रधानमन्त्रीको खोजी भएको छैन । यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा