नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।
शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’
आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।
‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०÷१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।