म्यानमारमा सैनिक कुु बिरुद्दमा उत्रीएका, आम जनतालाई गोली ठोक्दै मार्दै गर्ने स्थिति सिर्जना भएको छ । आज मात्रै थप सात जना प्रदर्सनकारीलाई प्रहरीले गोली ठोकेर मारेको समाचार बाहिरीएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।
बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो । ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं’ प्रदर्शनमा सहभागी ३१ वर्षीय एक व्यक्तिले भने । उनले सुरक्षाकर्मीले गोली चलाउला भन्ने नसोचेको उल्लेख गरे ।
यसअघि एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ६० जनाभन्दा धेरैको मृत्यु भइसकेको र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको बताएको थियो ।
यस विषयमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।