बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

कर्णाली गरिब हुदै हैन, तर जबरजस्ति गरिब बनाइयो : मुख्यमन्त्री शाही


  • बिहिबार, फाल्गुन २७ २०७७
11.9K
SHARES

फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली गरिब नभई बनाइएको बताएका छन् । कुनै वेला मुलुककै सम्पन्न शाली कर्णालीको भूमी अहिले गरिबीको चपेटामा परेको उनको तर्क छ ।

सुर्खेतको बुलबुले उद्यानमा बुधबारबाट देखिसुरु भएको कर्णाली उत्सवको दोस्रो संसकरणमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली एउटा इतिहास नै भएकाले त्यही अनुसार बुझ्नुपर्ने धारणा राखे ।

कर्णालीको इतिहास विशाल छ, कर्णालीसँग आफ्नै विशेष भाषा छ, संस्कृति छ, संस्कार छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले गरिबीको गीत गाइने कर्णाली कुनैवेला देशलाई नै खाद्यन्न दिन्थ्यो, कर्णाली गरिब थिएन्, गरिब बनाइयो ।’

मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने समेत धारणा राखे । ‘भो अब, कर्णाली पछि पारियो भनेर केन्द्रलाई गाली गर्न छाडौं,’ उनले भने, ‘कोही मान्छे दौडिएर फस्ट आउँछ भनेर म नदौडिएर मात्रै हो भनेर केही हुँदैन ।’

‘कर्णाली आफ्नै कारणले पनि पछि परेको हो, अब हामी आफ्नै कारणले अघि बढ्न सक्छौं,’ मुख्यमन्त्री शाहीले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा