शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

युभेन्टसमा रोनाल्डो र पिर्लोको भविष्य सङ्कटमा


  • बिहिबार, फाल्गुन २७ २०७७
11.6K
SHARES

फाइल तस्बिर

काठमाडौं । पोर्टोविरुद्धको च्याम्पिन्यस लिगको खेलअघि आन्द्रे पिर्लोले भनेका थिए, ‘क्रिस्टियानो रोनाल्डो ‘तम्तयार’ छन् । ‘यो उनको खेल हो,’ युभेन्टसका म्यानेजरले पत्रकारहरुसँग भनेका थिए । तर, त्यो उनको खेल बन्न सकेन, कुनै हिसाबले उनी त्यसको नजिक पनि थिएनन् ।

पोर्टोसँग हार ब्यहोर्दै इटालियन टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बनेको छ । ‘कोरिएरे डेलो स्पोर्ट’ ले त युभेन्टसलाई ‘रोनाल्डोले धोका दिएको’ सम्म भन्न भ्यायो । हुन पनि रोनाल्डोको खराब प्रदर्शन च्याम्पियन्स लिगमा युभेन्टसको दुःखद् कथामा नयाँ अध्याय थपिएको जुन सन् १९९६ देखि शुरु भएको हो ।

यसबीचमा टोलीले पाँचवटा फाइनलमा हार ब्यहोर्नुपरेको छ भने लगातार दुई सिजन अन्तिम १६ बाट बाहिरिनुपरेको छ । सन् २०१८–१९ सिजनमा टोली आयक्ससँग हार ब्यहोर्दै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।युभेन्टसको यस्तो अवस्था कसैले अपेक्षा गरेका थिएनन् । अझ रोनाल्डोसँग त पक्कै पनि थिएन । सन् २०१५ र २०१७ मा फाइनलमा पुगेको युभेन्टस उनी आएपछि अब उपाधिमाथि कब्जा जमाउने आशामा थियो । तर, रोनाल्डो आएपछि युभेन्टस उपाधिबाट झनै टाढा पुगेको छ ।

यता, घरेलु इटालियन सिरिए ए मा पनि युभेन्टस १० वर्षपछि उपाधि गुमाउने अवस्थामा पुगेको छ । लिगमा शीर्ष स्थानमा रहेको इन्टर मिलान तेस्रो स्थानमा रहेको युभेभन्दा १० अंकले अघि रहेको छ । कोपा इटालियाको फाइनलमा युभेन्टसले एटलान्टाको सामना गर्दैछ । यो उपाधि जितेपछि पिर्लोले राहत पाउने छैनन्।अब एग्नेलीले रोनाल्डो र पिर्लोको भविष्यबारे के निर्णय लिनेछन्, त्यो हेर्न बाँकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा