बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

केपी ओलीले ठग्नेबाहेक के काम गरे ? राजेन्द्र महतोको प्रश्न


  • बुधबार, फाल्गुन २६ २०७७
12.4K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला ।’ आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि सहानुभूति हुने उनले बताए ।

निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा हुनुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेसँगको सत्ता साझेदारीबारे पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?’

उनले अगाडि भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा