सत्य नै शिव हो अनि शिव नै सुंदर हो । त्यसैले भगवान आशुतोषलाई सत्यम शिवम सुंदरमं भन्ने गरिन्छ । भगवान शिवको महिमा अपरंपार छ । भोलेनाथ लाई प्रसन्न गर्ने दिनको रुपमा शिवरत्रिलाई लिने गरिन्छ । त्रयोदशी तिथि, फाल्गुण महिना,कृष्ण पक्षमा प्रत्यक बर्ष पशुपतिनाथ मन्दिरमा भब्य पुजा अर्चना हुने गर्छ । सनातन धर्म मान्ने सबैले शिवरात्रिको दिन भोलेनाथको आरधना गर्ने गर्दछन ।
महाशिवरात्रिको दिन भक्तहरु जप,तप अनि ब्रत बस्ने र शिवलिंग रुपको दर्शन गर्ने गर्दछन । यस पबित्र दिन देशको हरेक शिवालयमा बेलपत्र,धतुरो,दुध,दही,ध्यु ,सख्खर आदिले शिवजीको अभिषेक गर्ने गरिन्छ । हिन्दुहरुको मान्यता छ कि शिवरात्रिको दिन देबता का देव माहादेबको बिबाहा भएको थियो ।
हाम्रो धर्म शास्अ अनुसार महाशिवरात्रिको ब्रत बस्नाले साधकको मोक्ष प्रप्त हुन्छ । ब्रत बस्नाले यो जगतमा बस्ने मनुष्यको कल्याण हुने, सवै प्रकारका दुखको अन्त्य हुने,मनका ईच्छा पुरा हुने, सुख सौभग्य र धनधान्यले बाचुन्जेल कमि नहुने कुरा बिस्वास गरिन्छ । भगवान भोलेनाथलाई निलकण्ठ,पशुपतिनाथ,बिश्वनाथ,केदारनाथ जस्ता नामले पुकारिन्छ ।
हिन्दु धर्म शास्त्र अनुसार सुर्य अस्ताएको २ घण्टा २४ मिनेट पछिको समयलाई प्रदोस समय भन्ने गरिन्छ । यहि समयमा आशुतोष भगवान शिव प्रसन्न मुद्रा भएर नृत्य गर्नु हुन्छ र यहि समय सर्वजनपृय भगवान शिव र माता पार्बतीको बिबाहा भएको थियो भन्ने मान्यताका आधारमा प्रदोस समयमा भगवान शिवको आरधना गर्नु कल्याणकारी हुन्छ भन्ने मान्यता रहिआएको छ ।
हाम्रो धर्म ग्रन्थअनुसार १२ ज्योतिरलिंग को बर्णन रहेको छ । भन्ने गरिन्छ की यही प्रदोष समयमा माहा शिवरात्रि तिथिमानै सबै ज्योतिरलिंगको उत्पत्ति भएको यियो ।
ज्योतिष दृष्टिले पनि महाशिवरात्रिको ठुलो महत्व छ । शिवको शिरमा चन्द्रमा बस्नुहुन्छ । चन्द्रमा मनको कारक ग्रहहो । कृष्ण पक्षको चतुर्दशीको रातमा चन्द्रमाको शक्ति सबै क्षीण हुन्छ ।
जसको कारण नकारात्मक उर्जाले मनमा डेरा जमाउछ । जसको कारण मान्छेको मनमा पाप बढ्छ । त्यसैले भगवान भोलेनाथको रात्रिकालमा पुजा गर्नाले सबै नकारात्मक उर्जा समाप्त भएर भाग्य उदय हुन्छ भन्ने जनबिस्वास छ ।
केहि गर्न सकिएन भने पनि भगवान भोलेनाथको स्मरण गर्ने र संभब भए सम्म भगवानलाई बेलपत्र चढाएर रात समयमा जागा बसेको खण्डमा सबै मनोकामना पुरा हुन्छ भन्ने मान्यता रहेको छ ।