नेपाली फूटबल राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटीस्थित सबितार अर्थोपेडिक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो।
राष्ट्रिय टीमका स्ट्राइकर घर्तीको उपचारका लागि अखिल नेपाल फूटबल संघ (इन्फा)ले कतार फूटबल संघलाई अनुरोध गरेको थियो । उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो ।
सफल शल्यक्रियापछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘सायद आज मैले गरेको गल्ति को सजाय पाउदै छु । प्रतिस्पर्धाको समयमा म केही समयको लागी अड्किएको छु । तर हिम्मत हारेको छैन मैले नया खेल जीवनको सुरुवात गर्ने छु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु,’ बाटो सजिलो छैन तर,अगाडी बढ्ने छु ।
मेरो चोट लाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहान्छु । विशेष गरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फूटबल ।
उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा गम्भीर खालको चोट लागेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।