शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अनुहारको दाग धब्बाले सुन्दरता बिगार्‍यो ? यीहुन घरेलु उपाय!!


  • बुधबार, फाल्गुन २६ २०७७
26.9K
SHARES

फाइल तस्बिर

कतिपय अवस्थामा अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा समेत आच ल्याउँछ । हामी प्राकृतिक रूपमा यस्ता दाग हटाउन अपनाउनु पर्ने बिभिन्न उपायहरुको बारेमा चर्चा गर्नेछौँ ।

स्ट्रबेरी:
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

खरबुजा:
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ।

मेवा:
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ।

कागतिको रस:
दाग भएको ठाउँमा कागतिको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुईरतीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा