शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो


  • बुधबार, फाल्गुन २६ २०७७
10.2K
SHARES

फाइल तस्बिर

२६ फागुन, । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । दोस्रो लेग युभेन्ट्सले ३-२ ले जितेपछि समग्रमा नतिजा ४-४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।

युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।

५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । उक्त गोलपछि स्कोर समग्रमा ३-३ को अवस्थामा पुगेको थियो । ९० मिनेटसम्म यही स्कोर कायम रहेपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।

जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो ।

११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा