शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सकियो माओवादी केन्द्रको स्थायी समिति बैठक, भयो यी दुई निर्णय


  • मंगलबार, फाल्गुन २५ २०७७
13.5K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले  नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने दुई निर्णय गरेको हो  ।

यस्तै बैठकले पार्टीको सकारात्मक काम र अहिलेको परिस्थितिको सन्दर्भमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ भने चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीले सरकारमा रहेको पार्टीका सांसदहरूले पछिल्लो परिस्थितिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सांसदहरुले आफ्नो धारणा तय गरेपछि पार्टीेले आफ्नो निर्णय लिने उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले बैठकमा नेकपा एमालेको सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा कुनै पनि निर्णय नगरेको जानकारी दिनुभयो । सञ्चारकर्मीको प्रश्नमा उहाँले पार्टीले सरकारको समर्थको विषयमा कुनै पनि निर्णय नगरेको बताउँदै अन्य दलहरुसँगको छलफलपछि पार्टीले उचित कदम चाल्ने बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा