बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप जटिल


  • मंगलबार, फाल्गुन २५ २०७७
11.5K
SHARES

फाईल तस्बिर

पाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका उनको शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।

जोशीको उपचारमा डाक्टर राजिव झा नेतृत्वको टोली खटिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा