शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रोग प्रतिरोधी क्षमता बढाउने ५ खानेकुरा


  • मंगलबार, फाल्गुन २५ २०७७
15K
SHARES

फाईल तस्बिर

 

मान्छेको शरिर खानपानले अडेको हुन्छ । खानपान राम्रो भएको खण्डमा शरिर पनि राम्रो र निरोगि हुने गर्छ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ ।  स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर रहँदैन । किनभने यसले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

यहाँ त्यस्तै केहि ५ खानेकुरा दिइएको छ, जसको नियमित सेवनले सामान्य रोगहरुको बच्न सकिन्छ ।

१. दही

दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।

२. बेसार

धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ ।

३.ड्राइ फुड्स

नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा–३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।

४. केसरयुक्त दुध

केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रित दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।

५.भिटामिन सि युक्त खानेकुरा

कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा