शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विदेश यात्रा गर्नेलाई कोरोना खोप अनिवार्य नगर्न डब्लुएचओको आग्रह


  • मंगलबार, फाल्गुन २५ २०७७
14.1K
SHARES

फाईल तस्बिर

विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय (विदेश) यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने जनाएको छ ।

संगठनका एक अधिकारी डा. माइकल रियानले सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताए । संगठनले यस्तो गर्नु अव्यवहारिक हुने जनाएको छ ।

कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेको डा. रियानले बताए । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा