नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।
बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । माओवादी केन्द्रले
मङ्गलवारकाे बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ । यद्यपि एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा नपुगेको पोखरेलले जानकारी दिनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।