शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रशिक्षक पिर्लोको जागिर धरापमा ??


  • मंगलबार, फाल्गुन २५ २०७७
8.6K
SHARES

फाइल तस्बिर

कोरोना भाइरसको कहर कै विच युभेन्ट्सले नयाँ प्रशिक्षक भित्र्यायो, आन्द्रे पिर्लो । उनि एक विशिष्ट खेलाडी हुदै एक प्रशिक्षक बन्न पुगेका थिए।

युभेन्ट्स इटालियन शिर्ष र बलियो टोली हो, लगातार इटालियन लिग माथि दावी गर्दै आएको युभेन्ट्स पिर्लोको प्रशिक्षणमा थप बलियो टोली बनाउने र बन्ने अपेक्षा बोकेको थियो । तर लगातार ९ इटालियन लिग सिरी ए जितेको युभेन्ट्सले पिर्लो माथि के आशा राख्यो त ? सबैले सोच्ने र चाहना राख्ने युभेन्ट्स प्रेमी प्रति दबाब हो यूरोपियन ट्रफी र २ दशक भन्दा लामो समय देखि युभेन्ट्सको सपना नै बनेको छ युभेन्ट्स एक पटक पुन यूरोपियन च्याम्पियन बनेको देख्ने ।

उक्त अपेक्षाले प्रशिक्षक पिर्लो माथि भने निकै ठुलो दबाब परेको देखिन्छ । हाल युभेन्ट्स दुई ट्रफी च्याम्पियन लिग र सिरी ए दुवैमा दबाब झेल्दै छ । खेलाडीको चोटको कारण पिर्लोलाई प्रतिस्थापन गर्न नपाएको सकस छदै छ यता लगातार जित्दै आएको सिरी ए माथि समेत युभेन्ट्स टाढा हुदा पिर्लोलाई थप तनाब दिएको छ ।

धेरैले अनुमान लगाउन सक्ने युभेन्ट्सको टोलीमा खेलाडी संरचना र प्रयोगात्मक रुपमा परिचालन हुन नसक्नुले टिम केहि कम्जोर बनेको देख्न सकिन्छ।

इटालियन विभिन्न मिडियाले तयार पारेको रिपोर्ट अनुसार पिर्लो सुरुवाती युभेन्ट्सको खेल लयमा जस्तो नरहेको अभिव्यक्ति दिएका छन् । विश्वासको मत पिर्लोका निम्ति निर्णायक भूमिका बन्ने समेत रिपोर्ट बताउछ ।

युभेन्ट्स दुई उपाधिको होडमा छ तर दुवै ट्रफीमा युभेन्ट्सको वर्चस्व र दबदबा झन्डै कठिन छ । च्याम्पियन लिगबाट क्लब बाहिरिनु पिर्लोको युभेन्ट्सको बसाईको अन्त्य हुनु इटालियन रिपोर्टले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा